‘लन्डन टु पेरिस’मा साम्राज्ञी

315 shares

काठमाडौँ । निर्देशक घनश्याम लामिछानेले बनाउन लागेको फिल्म ‘लन्डन टु पेरिस’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् ।

एबी इन्टरनेसनेलले निर्माण गर्न लागेको फिल्मलाई लामिछानेले निर्देशन गर्नेछन् । उनले यसअगाढि ‘पञ्चेबाजा’ बनाएका थिए ।

पछिल्लो समय साम्राज्ञीको फिल्महरु एकपछि अर्को असफल साबित भइरहेका छन् । सुरुवाति दिनहरु सुखद रहेपनि साम्राज्ञीलाई पछिल्ला दिनहरु खासै सुखद् देखिएका छैनन् । उनको पछिल्लो फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ले सफलता हासिल गर्न सकेनन् ।

315 shares