मेरो फिल्म हेरेर दर्शक रोएनन् भने पैसा फिर्ता – रणवीर सिंह

238 shares

काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंहल आफ्नो फिल्म हेरेर दर्शक नरोए पैसा फिर्ता गर्ने दावि गरेका छन् । उनको आगामी फिल्म जयशभाइ जोरदार हेरेर दर्शक रुने बताएका हुन् ।

मंगलबार आयोजित एक कार्यक्रममा सिंहले सञ्चारमाध्यमसँग कुरा गर्दै आगामी फिल्मले दर्शक रुवाउने दावि गरेका हुन् । सिंहले उक्त फिल्ममा गुजराती चरित्र अँगालेका छन् ।

सिंहसँगै शालिनी पाण्डे, बोमन इरानी, रत्न पाठक लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्मलाई दिव्यांग टक्करले निर्देशन गरेका छन् । फिल्म आगामि मे १३ अर्थात वैशाख ३० गतेदेखि प्रदर्शन हुँदैछ ।

238 shares