नेप्सेमा छायो हरियाली, दुई कम्पनीको शेयरमा सर्किट

343 shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । विहीबार नेप्से ३५.३६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेको हो ।

२ अर्ब १२ करोड रुपैँया बराबरको कारोबार भएको पूँजीबजारमा १ सय ७४ कम्पनीका लगानीकर्ताले थोरै भएपनि राहत पाएका छन् । निरन्तर ओरालो लागेको बजारमा केही राहत भएको छ । १७ कम्पनीका लगानीकर्ताले भने गुमाउन पुगेका छन् ।

हिमालयन पावर र नेष्डो समृद्धि लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान, इमर्जिङ नेपाल लगायतका कम्पनीका लगानीकर्ताले अत्याधिक गुमाउन पुगेका छन् ।

343 shares