‘ए मेरो हजुर ४’ बाट हटाइयो दुर्गेशको सिन

399 shares

काठमाडौँ । वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ए मेरो हजुर ४ बाट गायक दुर्गेश थापालाई हटाइएको छ । पछिल्लो समय विवादमा फसेका थापाको सिन फिल्म बाट हटाइएको हो ।

पल शाह प्रकरणमा जोडिएका थापा हाल एकदमै विवादित रहेका छन् । उनले उक्त फिल्मको एक गीतमा र्यापरको भुमिका निभाएका थिए । उक्त गित सार्वजनिक गर्दा फिल्मलाई असर गर्ने महसुस निर्माण टिमले गरेपछि उनको सिन हटाइएको जनाइएको छ ।

फिल्मको निर्माण टिमले उक्त गितको ठाउँमा हाल चर्चामा रहेका र्यापर जी–बब (सुदिप भण्डारी) को गितलाई राखेको जनाएको छ ।

399 shares