गौरीशंकर गाउँपालिकाको प्रमुखमा एमालेबाट दुई जना सिफारिस 

707 shares

दोलखा  । नेकपा एमाले गौरीशंकर गाउपालिका कमिटीले स्थानीय तह निर्वाचन  २०७९ को लागि पालिका प्रमुखमा दुई जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको पालिका कमिटीको पाँचौ बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । कमिटीले अहिलेका प्रमुख सोयम बहादुर खड्का र जंग गुरुङको नाम पालिका प्रमुखमा सिफारिस गरेको हो । त्यस्तै, उपप्रमुखमा उर्मिला थामी लाई सिफारिस गरेको हो । खड्का र थामी स्थानीय निकायको निर्वाचन २०७४ मा एमालेबाट निर्बाचित भएका थिय ।

707 shares