गौरीशंकर १ र २ मा एमालेबाट को को भए वडाध्यक्षमा सिफारिस ?

532 shares

दोलखा । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको मिती नजिकिएसँगै राजनीतिक दलहरुले स्थानीय तहमा उम्मेदवार छनौटको तयारी तिव्र गतिमा गरिरहेका छन् । वडा, पालिका, नगर, उपमहानगर र महानगरपालिकाको निर्वाचन वैशाख ३० गते हुदैँछ ।

स्थानीय निर्वाचनको लागि नेकपा एमाले गौरीशंकर गाउँपालिकाले वडा र पालिकाको उम्मेदवार सिफारिस सम्पन्न गरेको छ । वडा कमिटीले गरेको सिफारिसलाई एमालेले पालिका कमिटीको बैठक राखेर जिल्ला कमिटीमा पठाएको छ । जिल्ला कमिटीले सिफारिस भएका उम्मेदवारहरुको बारेमा सामान्य छलफल सुरु गरिसकेको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ बाट ८ जना वडाध्यक्षमा सिफारिस भएका छन् । वडा नम्बर १ बाट कृष्ण बहादुर खड्का, रमेश बस्नेत, जिवन लामा र प्रदिप बुढाथोकि सिफारिस भएका छन् । त्यस्तै, वडा नम्बर २ बाट इन्द्र बहादुर खड्का, राजाराम कार्की, दधिराम वि.क. र बद्रि बुढाथोकि सिफारिस भएका छन् ।

532 shares