सीवाईसी नेपालको आईपीओ खुल्यो, १ हजार कित्तासम्म आवेदन दिन पाइने

210 shares

काठमाडौँ । सीवार्ईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खुलेको छ । कम्पनीले ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण शेयर बिक्री खुला गरेको हो ।

निष्काशन भएको कुल शेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीका लागि र १९ हजार ७ सय ६६ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकि ३ लाख ६९ हजार ४ सय ८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्युनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

210 shares