केजीएफ–२ ले तोड्यो सबै रेकर्ड, पहिलो दिनमा कति कमायो ?

336 shares

काठमाडौँ । दक्षिण भारतिय फिल्म केजीएफ च्याप्टर २ ले बक्स अफिस कलेक्सनको सबै रेकर्ड तोडेको छ । विहीबार देखि विश्वभर प्रदर्शनमा आएको फिल्मले पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने रेकर्ड बनाएको छ ।

फिल्मले पहिलो दिन विश्वभरबाट १३४.५ करोड भारु कमाई गरेको हो । उक्त कमाई रिलिजको पहिलो दिनको अहिलेसम्मकै सर्वाधिक तेस्रो कमाई हो । आर आर आर ले पहिलो दिनमा २२३ करोड भारु र बाहुवलि २ ले २१८ करोड भारु कमाएको थियो ।

अभिनेता यश स्टारर फिल्मको पहिलो च्याप्टर पनि ब्लकबस्टर भएको थियो । प्रशान्त निलको निर्देशनमा बनेको फिल्ममा यशका अलवा सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

336 shares