माओवादीको नाम र विचार मन पर्दैन

154 shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले माओवादी केन्द्रको नाम नै मन नपर्ने बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै माओवादी पार्टीको नाम र विचार मन नपर्ने बताएका हुन् ।

नेपालले आफुहरुले माओत्सेतुङ विचारधारा धेरै पहिले छाडेको र अहिले उक्त विचारधार काम नलाग्ने बताएका छन् । उनले भनेका छन् ‘आफ्नो पार्टीसँग माओवादीको एकता माओवाद त्यागेपछि मात्र सम्भव रहेको बताएका हुन् ।

नेकपा (एस) र माओवादी अहिले सत्ता साझेदार दल हुन् । आगामि स्थानीय तहको निर्वाचनको लागि दुबै दल काँग्रेस सहितको पाँच दलिय गठबन्धन बनाएर निर्वाचनमा होमिने भएका छन् ।

154 shares