रुसले युक्रेनलाई दियो आत्मसमर्पण गर्ने समय

252 shares

काठमाडौँ । रुसले युक्रेनी सेनालाई आत्मसमर्पण गर्ने समय दिएको छ । रुसले मारिउपोल सहरमा खटिएका सेनालाई आत्मसमर्पण गर्ने समय दिएको हो ।

युक्रेनको तटीय सहर मारिउपोल आफ्नो नियन्त्रणमा रहेको रुसको दावि छ । त्यहाँ रहेका सेनालाई जीवन रक्षाका लागि रुसले मस्कोको स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेदेखिको समय दिएको हो ।

आत्मसमर्पण गर्ने सबैलाई युद्धबन्दीसम्बन्धी जेनेभा महासन्धिअनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

252 shares