एमालेले छान्यो बैतेश्वरमा उम्मेदवार, प्रमुखमा घिमिरे

231 shares

दोलखा । नेकपा एमाले दोलखाले बैतेश्वर गाउँपालिकाको प्रमुख र उप प्रमुखको उम्मेदवार सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको पालिका कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो ।

एमालेले पालिकाको प्रमुखमा माधब प्रसाद घिमिरेलाई उम्मेदवार बनाउने भएको हो । घिमिरे तत्कालिन नाम्दु गाविसका अध्यक्ष समेत रहिसकेका छन् ।

त्यस्तै, उपप्रमुखमा शान्ति कुमारी तामाङ उम्मेदवार हुने भएकी छन् ।

दोलखाका स्थानीय तहमा उम्मेदवार बन्ने आकांक्षि धेरै भएपछि अहिले सम्म कुनै स्थानीय तहको उम्मेदवार टुंगो लगाउन नसकेको एमालेले बैतेश्वरबाट सुरुवात गरेको छ ।

231 shares