पल शाह प्रकरण : नाबालिगले फेरिन् बयान, ६ वर्ष कैद हुन सक्ने

476 shares

काठमाडौँ । अभिनेता पल शाह प्रकरणले नयाँ मोड लिएको छ । नाबालिग गायिकाले जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी दिएपछि शाह थुनामा परेका थिए ।

आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा नाबालिगले बयान फेरेपछि घटनाले नयाँ मोड लिएको हो । उनले अरुको उक्साहट तथा दबाबमा उजुरी दिएको बताएकी हुन् ।

नेपालको कानुन अनुसार बयान फेर्नेलाई ६ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

476 shares