अनेरास्ववियू क्रान्तिकारीले टुंगो लगायो पदाधिकारी, १९ जनाले पाए उपाध्यक्षको जिम्मेवारी

301 shares

दोलखा । नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले पदाधिकारी चयन गरेको छ । आइतबार जुम मिटिङ मार्फत बसेको केन्द्रिय कमिटीको बैठकले पदाधिकारीको चयन गरेको हो ।

विवादका कारण लामो समयदेखि पदाधिकारी चयन हुन सकेको थिएन । अध्यक्षमा पञ्चा सिंह चयन भएपछि संगठनको विवाद चुलिएको थियो ।

पार्टीका अध्यक्ष प्रचण्डको आतिथ्यतामा बसेको बैठकले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको चयन गरेको हो । बैठकले महासचिवमा दिपेश पुनलाई चयन गरेको छ । त्यस्तै, १९ जना उपाध्यक्ष, १९ जना सचिव बैठकले चयन गरेको छ ।

301 shares