अखिल क्रान्तिकारीको सचिवमा दोलखाका प्रशुन कार्की चयन

301 shares

दोलखा । नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले पदाधिकारी चयन गरेको छ । आइतबार जुम मिटिङ मार्फत बसेको केन्द्रिय कमिटीको बैठकले पदाधिकारीको चयन गरेको हो ।

विवादका कारण लामो समयदेखि पदाधिकारी चयन हुन सकेको थिएन । आइतबार भएको जिम्मेवारी बाँडफाँडमा दोलखाका प्रशुन कार्की केन्द्रिय सचिव चयन भएका छन् । बैठकले एक महासचिव, एक कोषाध्यक्ष, १९ जना उपाध्यक्ष, १९ जना सचिव चयन गरेको छ ।

301 shares