दोलखामा गठबन्धन नहुने, एक्ला–एक्लै लड्ने सत्तारुढ दलको निर्णय

287 shares

दोलखा । सात्तारुढ दलले दोलखामा चुनावी तालमेल नगर्ने भएका छन् । आइतबार बसेको गठबन्धनको संयन्त्रले गठबन्धन नगर्ने निर्णय गरेको हो ।

दोलखामा २ नगर र ७ पालिका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले आवश्यकता भन्दा बढी स्थानीय तहमा दावि गरेपछि गठबन्धन नहुने भएको हो । स्रोतमा अनुसार माओवादीले ४ र समाजवादीले ३ स्थानीय तहमा दावि गरेका थिए ।

तर, आवश्यकता अनुसार पालिका र वडा स्तरमा छलफल गरेर मिल्न सक्ने ठाउँमा मिलेर लड्ने नभए प्रतिस्पर्धा गर्ने संयन्त्रले निर्णय गरेको हो ।

287 shares