एमाले झ्याँकुका नेता अनिल खड्का माओवादी प्रवेश

315 shares

दोलखा । नेकपा एमाले गौरीशंकर गाउँपालिका वडा नम्बर ३ का नेता अनिल खड्का माओवादी केन्द्र प्रवेश गरेका छन् ।

खड्का गत स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट ३ नम्बरका वडाध्यक्षको उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा माओवादी र काँग्रेसको गठबन्धसँग उनि पराजित भएका थिए ।

पछिल्लो समय गौरीशंकर गाउँपालिकामा राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । चैत्रमा माओवादी नेता निमा लामा लगायतका नेताहरु एमाले प्रवेश गरेका थिए । नेताहरुले एकपछि अर्को गदै राजनीतिक दल बदल्ने क्रमले तिव्रता पाएको छ ।

315 shares