‘लाल सिंह चड्डा’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

252 shares

काठमाडौँ । आमिर खान स्टारर फिल्म ‘लाल सिंह चड्डा’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार फिल्मको ट्रेलर भाइकम १८ स्टुडियो नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

अद्वैत चौहानले निर्देशन गरेको फिल्मलाई प्रितमले संगित दिएका छन् । फिल्ममा आमिरका अलवा करिना कपुर, मोना, चैतन्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्म ११ अगष्ट देखि विश्वभर प्रदर्शनमा आउँनेछ ।

252 shares