‘कबड्डी–४’ को प्रदर्शन रोकियो

210 shares

काठमाडौँ । चलचित्र ‘कबड्डी–४’ को प्रदर्शन रोकिएको छ । चाबहिल के एल टावरमा रहेको एफक्युब सिनेमा हलमा फिल्मको प्रदर्शन रोकिएको हो ।

फिल्मकि अभिनेत्री मिरुना मगरलाई ब्याड टच गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको थियो । उक्त युवक निर्दोश रहेको भन्दै रिहाइको माग राखि युवाहरु प्रदर्शनमा उत्रिएपछि फिल्मको प्रदर्शन रोकिएको हो ।

दर्शकहरुले मिरुनाले निर्दोशलाई फसाउन खोजेको भन्दै फिल्मको पोष्टरसमेत जलाएका छन् ।

उनको अहिले ‘कबड्डी ४’ देशभर प्रदर्शन भइरहेको छ । फिल्मले आक्रमक व्यापार पनि गरिरहेको छ ।

210 shares