बालेनको समर्थनमा चिकेन स्टेसनले आज दिनभर सित्तैमा बर्गर बाँड्ने

वि.सं.२०७९ जेठ १७ मंगलवार ०८:३१
917
shares

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहको सपोर्टमा चिकेन स्टेसनले सित्तैमा बर्गर बाँड्ने भएको छ । चिकेन स्टेसनको मुख्य शाखा झम्सिखेलबाट मंगलबार दिनभर आउने ग्राहकलाई सित्तैमा बर्गर बाँडिने भएको हो ।
महानगरको प्रमुखमा युवाले नेतृत्व गर्ने अवसर पाएको भन्दै चिकेन स्टेसनले बर्गर बाँड्न लागेको हो । आज बेलुका ६ बजेसम्म आउने ग्राहकले भेज र चिकेन बर्गर सित्तैमा पाउनेछन् ।

वि.सं.२०७९ जेठ १७ मंगलवार ०८:३१
917
shares