मतदातालाइ धन्यवाद दिदै जंग गुरुङ

322 shares

दोलखा । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गौरीशंकर गाउँपालिकाको अध्यक्षको उम्मेदवार भएका जंग गुरुङले मतदातालाइ धन्यवाद दिने कार्यक्रम सुरु गरेका छन । पालिकाको पार्टि कमिटी अध्यक्ष समेत रहेका गुरुङले बिहिवारदेखि धन्यवाद दिने कार्यक्रम सुरु गरेका हुन । उनी स्थानीय तहको निर्वाचनमा गठबन्धनको उम्मेदवारसङ्ग पराजित भएका थिए । पराजित भएपनी मतदाताहरुलाइ धन्यवाद उनी टिम लिएर निस्केका हुन । उनी सङ्ग पुर्ब पालिका प्रमुख सोयम बहादुर खड्का, अनेरास्ववियुका नेता दिलिप खड्का, पालिका कमिटी सचीवालय सदस्य चन्द्र प्रकाश बुढाथोकी लगायतका नेता कार्यकर्ता हरु रहेका छन ।

322 shares