भरत रोकायाको पहलमा ६७ लाख स्वामिकार्तिक खापर गा.पा मा भित्रीयो

504 shares

स्वामिकार्तिक खापर गाउँपालिका नव निर्बाचित पालिका अध्यक्ष भरत बहादुर रोकाया ले स्वामिकार्तिक बासिकालागी खुसिको खबर ल्याउनु भएको छ ।

अध्यक्ष रोकायाको पहलमा प्रदेश नीति तथा आयोजना आयोगका सचिब नारायण पौडेल र जनस्वाथ्य अधिकारि ज्ञनेन्द्र दवाडीसंग भेटबार्ता गरि पोषणका क्षेत्रमा कामगर्ने गरि ५० लाख अनुदान र रेगुलर बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि १७ लाख गरि जम्मा ६७ लाख स्वामिकार्तिक खापर गाउँपालिकाका जनतालाई उपलब्ध गराइदिनु भएको छ ।

भरत रोकायाकै पहलमा नेपाल सरकारको अनुदानमा अबको एकहप्ता भित्र स्वामिकर्तिक खापर गाउँपालिकाका गर्भवती महिला र जन्मे देखिको २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरु लाई पुग्नेगरी १०.२ मेट्रीकटन सर्बोतम पिठो WFP ले बिरण गर्ने जनाइएको छ ।

पालिका अध्यक्ष रोकायाको पहलमा स्वामिकार्तिक खापर गा ।पा स्थित वडा नम्बर १ मुक्तिकोटका ३०० घरधुरिलाइ ४० किलो बराबरको चामल , २ किलो दाल , तेल र नुन भितरण गर्नु भएको थियो ।

उहाकै पहलमा स्वामिकार्तिक खापर गा ।पा मा एक बृहत् स्वास्थ्य चेकजाँच हेल्थ क्याम्प गर्ने पहल भइरहेको छ

504 shares