तारागाउँ रिजेन्सीले कमायो ४ करोड १४ लाख नाफा, अधिकांश सूचकहरुमा सुधार

875 shares
ishwor movie

तारागाउँ रिजेन्सी होटल्सले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

मंगलबार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । गत वर्षको तेस्रो त्रैमासमा १२ करोड ६५ लाख २३ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने सवा ४ करोड नाफा कमाएको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनीले ४ करोड १४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको हो ।

उक्त अवधिमा कम्पनीको कुल आम्दानी पनि २९७.२६ प्रतिशतले वृद्धि भई ५० करोड ३२ लाख ४३ हजार रुपैयाँ रहेको छ । गत वर्षको तेस्रो त्रैमासमा भने कम्पनीको यो आम्दानी १२ करोड ६६ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २१ लाख ६१ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने २८ करोड ११ लाख ६६ हजार रुपैयाँ राखेको छ ।

गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको ६ रुपैयाँ ७२ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी यस वर्षको सोही अवधिमा भने २ रुपैयाँ २० पैसा धनात्मक रहेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ७ रुपैयाँ १ पैसाले बढेर ११८ रुपैयाँ

875 shares