एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

476 shares

एक्सल डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

476 shares