जिसस दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार बिजयी
वि.सं.२०७९ असार १ बुधवार ०७:४३
721
shares
दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । बुधबार भएको निर्वाचनमा प्रमुखमा माओवादी केन्द्रका बर्जुराम घतानी र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएका हुन् ।
गठबन्धनका उम्मेदवारले ११ मत प्राप्त गरे भने एमालेका प्रमुखको उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखको उम्मेदवार गोमा केसीले ७ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७९ असार १ बुधवार ०७:४३
721
shares