सुनको मूल्य तोलामा ८ सयले बढ्यो, कति पुग्यो ?

वि.सं.२०७९ असार २ बिहीवार ०६:४०
546
shares

काठमाडौँ । बिहीबार सूनको मूल्य तोलामा ८ सय रुपैँयाले बढेको छ । बजारमा छापावाल सूनको मूल्य बढेर प्रतितोला ९७ हजार ३ सय रुपैँया पुगेको हो ।
नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सूनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैँया पुगेको छ । त्यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ६५ रुपैँया पुगेको छ ।

वि.सं.२०७९ असार २ बिहीवार ०६:४०
546
shares