स्वस्तिमाले कार्यक्रममै छाडा बोलेपछि के भयो ?
वि.सं.२०७९ असार २ बिहीवार ०७:४६
539
shares
काठमाडौँ । नायिका स्वस्तिमा खड्काले एक कार्यक्रममा छाडा बोलेपछि अहिले उक्त भिडियो भाइरल भइरहेको छ । उनले एक रियालिटी शोमा र्याप गाउँदा छाडा बोलेकि हुन् ।
नेपहपको श्रीपेच नामक गायन रियालिटी शोमा फिल्मको प्रचारका लागि स्वस्तिमा र अर्पण थापा पुगेका थिए । उक्त शोमा उनले र्याप गाएकी थिइन् ।
उनले आशिस राना लाहुरेको नेपहपको बाटो नामको र्याप गाएकी थिइन् । उक्त र्यापमा केही शब्दहरु छाडा थिए । गाउने क्रममा उनले उक्त शब्दलाई छुटाइनन् । उनले गाएको उक्त र्यापको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
वि.सं.२०७९ असार २ बिहीवार ०७:४६
539
shares