रवि लामिछानेले छाडे टेलिभिजन, आगामि यात्राको बारेमा पत्रकार सम्मेलन गर्ने

168 shares

काठमाडौँ । पत्रकार रवि लामिछानेले टेलिभिजनको यात्रा छाडेका छन् । बिहिबार एक सन्देश जारी गर्दै उनले टेलिभिजनको यात्रा त्यागेको बताएका हुन् ।

सिधा कुरा जनतासँग कार्यक्रम चलाएर चर्चा कमाएका लामिछाने पछिल्लो समय ग्यालेक्सि फोरके टेलिभिजनमार्फत कार्यक्रम सञ्चालन गरिरहेका थिए । उक्त टेलिभिजनको लगानीकर्तासमेत रहेका उनले आजबार बिश्राम लिएका छन् ।

सन्देशमा उनले आगामी यात्राको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन् ।

168 shares