छोरा खोज्न हिडेको दम्पतिको कथा पानीफोटो

189 shares

काठमाडौँ । चलचित्र पानीफोटोको टिजर सार्वजनिक भएको छ । बिहिबार निर्माण टिमले हाइलाइट्स नेपाल मार्फत टिजर सार्वजनिक गरेको हो ।

अभिनेता खगेन्द्र लामिछानेको पहिलो निर्देशन रहेको फिल्ममा छोरा खोज्न हिडेको दम्पतिको कथालाई बुनिएको छ । फिल्मको कथा पनि लामिछानेकै रहेको छ ।

टुकी आर्ट्स प्रडक्सनले निर्माण गरेको फिल्ममा मेनुका प्रधान, अनुप बराल, मलिका महत, खगेन्द्र लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

189 shares