पेट्रोलको मूल्य ७ रुपैँयाले फेरी बढ्यो

658 shares

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य फेरी बढेको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैँया ५२ पैसाले बढेको छ भने डिजल १९ रुपैँया ०३ पैसा प्रतिलिटर बढेको छ ।

नेपाल आयल निगमले अहिले पेट्रोल प्रतिलितर १ सय ७८ रुपैँयाले विक्री गरिरहेको छ । आईओसीले बढेको मूल्य पठाएपनि नेपाल आयल निगमले मुल्य समायोजन गरिसकेको छैन ।

658 shares