राजकुमार र लौरो दुबै नक्कली

196 shares

काठमाडौँ । शनिवार नेपाल भ्रमणमा आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम दुबईका असली राजकुमार नभएको खुलेको छ । माक्तुमलाई दुबईका राजकुमार भनेर शनिबार दिनभर नेपाली मिडियाहरुले प्रचार गरेपनि उनि असली राजकुमार नभएको खुलेको हो ।

माक्तुम शाही परिवारका टाढाका नातेदार हुन् । उनले मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईलाई लौरो उपहार दिएका थिए । उक्त लौरो सुनको भनेर चर्चा चलेपनि उक्त लौरोमा सुनको जलप मात्र लगाइएको पाइएको छ ।

196 shares