पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल लिटरमै २१ रुपैँयाले बढ्यो

728 shares

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य भारी मात्रामा बढाएको छ । निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल २१ रुपैँयाले वृद्धि भएर प्रतिलिटर १ सय ९९ रुपैँया पुगेको छ । डिजल र मट्टितेल प्रतिलिटर २७ रुपैँयाले वृद्धि भएको छ । त्यस्तै, हवाई इन्धन १९ रुपैँया प्रतिलिटर वृद्धि भएको छ ।

728 shares