रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह ‘घण्टी’

329 shares

काठमाडौँ । पत्रकार रवि लामिछानेले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले नयाँ दल खोल्ने घोषणा गरेका हुन् ।

लामिछानेले पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेका छन् । २१ जनाको केन्द्रिय कमिटी रहने पार्टी दर्ताको लागि आजै निर्वाचन आयोग जाने उनले बताएका हुन् ।

329 shares