असुलीबाट लुटिएको सुन मन्दिरमा भेटियो, दुई जना पक्राउ

280 shares

दोलखा । गत जेठ ३० गते बैतेश्वर गाउँपालिका ७ की असुली तामाङको कान चुडेर लुटिएको सुन प्रहरीले भेटेको छ । मंगलबार प्रहरीले घटनास्थल नजिकैको मन्दिरबाट सुन भेटेको हो ।

प्रहरीले घटनास्थल वरिपरि खोजि गर्दा प्लास्टिकको झोलामा पोको पारेर राखेको अवस्थामा फेला पारेको हो । वरामद भएको सुन प्रहरीले आजै पिडितलाई लगेर बुझाएको छ ।

प्रहरीले लुटपाटको आशंकामा दुई जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको जनाएको छ । पक्राउ परेका व्यक्तिको बारेमा प्रहरीले कुनै जानकारी दिएको छैन ।

280 shares