झ्याँकु घटना : प्रेमिकाले वयान फेरिन्

196 shares

दोलखा । गौरीशंकर गाउँपालिका ३ का यानबहादुर हत्या प्रकरणले नयाँ मोड लिएको छ । आरोपित मृतकको प्रेमिकाले प्रहरीमा दिएको वयान अदालतमा फेरेपछि घटनाले नयाँ मोड लिएको हो ।

मंगलबार जिल्ला अदालत दोलखाले आरोपि दुई जनाको वयान लिएको थियो । मृतकको प्रेमिका र उनको बुबाको बयान लिएको अदालतमा प्रेमिकाले वयान फेरेकि हुन् । केही समय अगाडि उनले प्रहरी समक्ष भागेर विवाह गरौँ भनेर जवर्जस्ति गर्दा प्रतिकारमा मृत्यु भएको बताएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । तर, आज उनले मादक पदार्थ सेवन गरेर युवक घर आएको तर उसको मृत्यु कसरी भयो आफुलाई जानकारी नभएको भनेर वयान फेरेकि छन् ।

गत जेठ १० गते भएको उक्त हत्या प्रकरणमा प्रहरीले ७ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । उनिहरुविरुद्ध जन्मकैदको माग गर्दै अभियोग पत्र दर्ता भएको छ ।

196 shares