मूल्यवृद्धि विरुद्ध चरिकोटमा अनेरास्ववियु र युवासंघको प्रदर्शन

315 shares

दोलखा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको जनवर्गिय संघठन अनेरास्ववियु र राष्ट्रिय युवासंघले मुल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । मंगलबार युवा विद्यार्थिहरुले चरिकोट सातदोबाटोमा मुल्यवृद्धिको विरोधमा राँके जुलुस गरेका हुन् ।

पार्टी कार्यालयबाट निकालिएको जुलुस कोणसभामा परिणत भएर समापन भएको थियो । कोण सभामा बोल्दै युवा विद्यार्थिका नेताहरुले सरकारले जनतालाई दुख दिने हिसाबले मुल्यवृद्धि गरेकोले फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

315 shares