यानबहादुर हत्या प्रकरण : ६ जना आरोपी रिहा

175 shares

दोलखा । गौरीशंकर गाउँपालिका ३ झ्याँकुका युवक यानबहादुर बस्नेत हत्या प्रकरणमा ६ जना आरोपी रिहा भएका छन् । बुधबार जिल्ला अदालत दोलखाले ७ जना आरोपीमध्ये ६ जनालाई रिहा गरेको हो ।

बस्नेतको हत्याको शंकामा प्रहरीले एकै परिवारको ६ जना र अर्का एक जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको थियो । उनिहरुविरुद्ध जन्मकैदको माग गर्दै अभियोगपत्र दर्ता भएको थियो । आरोपीमध्ये युवकको प्रेमिका बाहेकलाई अदालतले रिहा गरेको हो । रिहा हुनेमा प्रेमिकाको बुबा समेत रहेका छन् । प्रेमिकाको बुबा १ लाख रुपैँया धरौटीमा छुटेका हुन् भने अन्यलाई साधारण तारिखमा अदालतले छाडेको हो ।

आज भएको थुनछेक बहसले प्रेमिका भनिने युवतीलाई मात्र पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मंगलबार भएको बहसमा युवतीले वयान फेरेकी थिइन् । प्रहरीमा आफुले प्रतिरक्षा गर्दा युवकको मृत्यु भएको बताएकी उनले अदालतमा हत्या बारेमा जानकारी नभएको भनेर बताएकी थिइन् ।

175 shares