अप्पर सोलुको आईपीओ २० गतेदेखि, १ लाख कित्तासम्म भर्न पाइने

224 shares

काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) असार २० गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि १९ लाख ५७ हजार ५ सय कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले निष्काशन गर्ने शेयरमध्ये ३९ हजार १ सय ५० कित्ता कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको शेयरमा लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्ममा आवेदन दिन सक्नेछन् । छिटोमा असार २३ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने ढिलोमा साउन २ गतेसम्म दिन सक्नेछन् ।

224 shares