श्रीलंका टाट पल्टिएको घोषणा

231 shares

काठमाडौँ । श्रीलंकाले आफु टाट पल्टिएको घोषणा गरेको छ । विदेशी मुद्राको अभावमा अर्थतन्त्र टाट पल्टिएको प्रधानमन्त्री रनिल विक्रेमासिंघेले घोषणा गरेका हुन् ।

उनले देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको बताएका हुन् । देशमा इन्धन, ग्यास, विद्युत्, खाद्यान्न लगायत सम्पुर्ण बस्तुको अवस्था भयावह रहेको जानकारी दिए ।

231 shares