‘लाखे’ को फस्ट लुक सार्वजनिक

343 shares

काठमाडौँ । नेपाली चलचित्र ‘लाखे’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । विहिबार फिल्मको निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा चार जना मुखौटा लगाएको पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

गणेश मल्ल ठकुरीको प्रस्तुति रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन् । बस्नेतले यसअगाडि पासवर्ड निर्देशन गरेका थिए ।

फिल्म आगामि भदौ ३१ गतेदेखि प्रदर्शनमा आउनेछ ।

343 shares