नयाँ सहकारी दर्ता बन्द
वि.सं.२०७९ असार ९ बिहीवार १३:०४
406
shares
काठमाडौँ । बागमती प्रदेश सरकारले नयाँ सहकारी संस्था दर्ता बन्द गर्ने निर्णय गरेको छ । असार ३ गते बसेको प्रदेशको मन्त्रीस्तरीय बैठकले दर्ता बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले बचत तथा ऋण सहकारी र बहुउद्देश्यीय सहकारीको दर्ता बन्द गरेको हो । तर, बिषयगत सहकारीहरु भने दर्ता हुनेछन् । सहकारी दर्तामा आएका समस्याहरुलाई समाधान गरेपछि दर्ता खुल्न सक्ने सम्भावना रहेको जनाइएको छ ।
हालसम्म बागमती प्रदेशले ३ सय २९ सहकारी संस्था दर्ता गरेको छ । स्थानीय तहको सिफारिसमा सम्पुर्ण कागजपत्र पुरा भएको अवस्थामा सहकारीहरु दर्ता हुँदै आएका थिए ।
वि.सं.२०७९ असार ९ बिहीवार १३:०४
406
shares