कालिञ्चोक गाउँपालिकाको आगामी वर्षको बजेट ७२ करोड १९ लाख

532 shares

दोलखा । कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरेको छ । विहिबार आयोजित गाउँसभामा पालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले कुल ७२ करोड १९ लाख ८० हजार रुपैँया बराबरको वजेट प्रस्तुत गरेको हो ।

प्रस्तुत वजेतमा संघिय सरकारको समानीकरण अनुदान १४ करोड ५३ लाख , शसर्त अनुदान २८ करोड ४ लाख र राजस्व बाँडफाँड ९ करोड १० लाख ९९ हजार रुपैँया रहेको छ । त्यस्तै, प्रदेश सरकारको समानिकरण अनुदान १ करोड ४० लाख १७ हजार रुपैँया, शसर्त अनुदान २ करोड ६२ लाख ४ हजार रुपैँया, प्रदेश सवारी कर १ करोड ८२ लाख ५० हजार, प्रदेश विशेष अनुदान २ करोड २५ लाख, गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड ९२ लाख १० हजार, प्रदेश समपुरक अनुदान ३ करोड, संघीय विशेष अनुदान १ करोड र संघसंस्था मार्फत कार्यक्रम ५ करोड पचास लाख रुपैयाँ रहेको छ ।

पालिकाको वजेटको ६० प्रतिशत हिस्सा पुर्वाधार। विकासलाई छुट्याइएको छ भने आर्थिक विकास तर्फ १५ प्रतिशत, सामाजिक विकास तर्फ २० प्रतिशत, वातावरण तथा विपत व्यवस्थापन तर्फ ३ प्रतिशत र संस्थागत विकासतर्फ २ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

532 shares