एकीकृत समाजवादी भित्र विवाद चुलियो, १० सांसदले बुझाए ८ बुँदे ध्यानाकर्षण पत्र

336 shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादी भित्र मन्त्री फेरबदलको विषयमा विवाद चुलिएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले पटक पटक निर्णय गरेर मन्त्री फिर्ता बोलाउने कोशिस गरेपनि असफल भएका छन् । सोही विषयलाई लिएर पार्टीका १० जना सांसदले ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा मन्त्री फेरबदलको निर्णय अपरिपक्व भएको बताइएको छ । साथै सांसदहरुले तत्काल संसदीय दलको बैठकको माग गरेका छन् ।

336 shares