गौरीशंकर गाउँपालिकाद्वारा ५६ करोड ९८ लाखको बजेट प्रस्तुत

546 shares

दोलखा । गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरेको छ । शुक्रबार भएको दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा पालिकाको उपप्रमुख श्याम सुन्दर तामाङले आगामि आर्थिक वर्षको नीति कार्यक्र तथा वजेट सार्वजनिक गरेका हुन् । गाउँपालिकाले कुल ५६ करोड ९८ लाख ३७ हजार रुपैँया बराबरको वजेट प्रस्तुत गरेको हो ।

पालिकाले आयतर्फ संघिय सरकाबाट वित्तिय समानीकरण अनुदानमा १२ करोड २ लाख रुपैयाँ, राजस्व बाँडफाँड १० करोड २३ लाख ६३ हजार, बागमती प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानमा १ करोड १३ लाख ५० हजार, सवारी साधन कर राजस्व बाँडफाँडमा २ करोड ४४ लाख ६८ हजार रुपैयाँ, आन्तरिक आम्दानी ३० लाख रुपैयाँ र अघिल्लो सरकारले ल्याएको १ करोड, सर्शत अनुदान संघिय सरकारबाट २२ करोड ९६ लाख, विशेष अनुदान २ करोड, समपुरक अनुदान ७० लाख रुपैयाँ र प्रदेश सरकारबाट समपुरक अनुदान २ करोड, सर्शत अनुदान २ करोड १८ लाख ५६ हजार गरि कुल ५६ करोड ९८ लाख ३५ हजार प्राप्त हुने प्रक्षेपन गरेको छ ।

त्यस्तै, व्ययतर्फ संघिय सरकारबाट सर्शत अनुदान २२ करोड ९६ लाख, विशेष अनुदान २ करोड र समुपरक अनुदान ७० लाख रुपैयाँ र प्रदेश सरकारबाट सर्शत अनुदान २ करोड १८ लाख ५५ हजार, समपुरक अनुदान २ करोड रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

546 shares