भीमेश्वर नगरद्वारा ९० करोडको वजेट सार्वजनिक, प्राथमिकतामा के के परे ?

378 shares

दोलखा । भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड ७० हजार रुपैँयाको वजेत प्रस्तुत गरेको छ । शुक्रबार भएको नगरसभामा उप प्रमुख कमला बस्नेतले नगरको नीति तथन कार्यक्रम सहितको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरसभाले आर्थिक विकास तर्फ ६ करोड ६८ लाख, सामाजिक विकासतर्फ ३५ करोड १५ लाख, भौतिक पुर्वाधारतर्फ ३४ करोड ३१ लाख, सुशासनतर्फ ३ करोड १ लाख र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि १० करोड ८४ लाख रुपैँया विनियोजन गरेको छ ।

नगरसभाले कृषि तथा पर्यटनलाई जोड दिने किसिमको बजेट निर्माण गरेको छ । सभाले सबै भन्दा धेरै शिक्षातर्फ २५ करोड ५१ लाख रुपैँया विनियोजन गरेको छ । त्यस्तै, कृषितर्फ २ करोड ८२ लाख ५० हजार, पर्यटनतर्फ २ करोड ९२ लाख ७७ हजार, स्वास्थ्यतर्फ ५ करोड ७४ लाख ८३ हजार, पशुविकासतर्फ १ करोड ३५ लाख रुपैँया बजेट विनियोजन भएको छ ।

खनेपानी तथा सरसफाईतर्फ १ करोड ३९ लाख, भाषा संस्कृति तथा ललितकला संरक्षणतर्फ २४ लाख, खेलकुदतर्फ ७९ लाख, लैगिक समानता तथा समावेशीकरणतर्फ १ करोड ५६ लाख, सडक तथा पुलतर्फ ९ करोड ७ लाख, भवन तथा सहरी विकासतर्फ २१ करोड ९३ लाख, उर्जा तथा जलविद्युत तर्फ १४ लाख, सुचना तथा संचारतर्फ २८ लाख, विपद व्यवस्थापन तर्फ ३९ लाख बजेट विनियोजन गरिएको छ ।

378 shares