‘कृष्ण लीला’ को ‘ए मेरो हजुर’ सार्वजनिक

350 shares

काठमाडौँ । नेपाली चलचित्र कृष्ण लीलाको ए मेरो हजुर बोलको गीत सार्वजनिक भएको छ । फिल्मको निर्माण टीमले डिआर म्युजिक मार्फत गीत सार्वजनिक गरेको हो ।

रवि ओड र सुनिता कार्कीको स्वर रहेको गीतमा बबुल क्षेत्रीको संगित रहेको छ । लक्ष्मण सुवेदिको लेखन रहेको फिल्मलाई दिपक वलीले निर्देशन गरेका छन् ।

पुष्प खड्का र श्रद्धा क्षेत्रीको फिल्ममा मुख्य भुमिका रहेको छ । फिल्म भदौ ३ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

350 shares