अब घरबाटै मतदाता नामावली दर्ता गर्न सकिने
वि.सं.२०७९ असार ११ शनिवार ०५:४४
413
shares
काठमाडौँ । अब घरबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । अनलाइन मार्फत नामावली दर्ताको लागि निर्वाचन आयोगले सफ्टवेयर तयार गरिसकेको छ ।
आयोगले हाल बायोमेट्रिक भोटर्स रजिष्ट्रसन सिस्टम (बीभीआरएस) मार्फत नामावली दर्ता गराइरहेको छ । नयाँ प्रणाली तयार भइसकेपछि मतदाताहरुले प्रशासन कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य हुने तथा कार्यबोझ पनि धेरै कम हुने आयोगको दाबि छ ।
केहि दिन पछि अनलाइनबाट मतदाता नामावली दर्ता सुरु गर्ने आयोगको तयारी छ । अनलाइन प्रणालीमा मतदाताले मोबाइलबाटै आफ्नो विवरण अपलोड गर्न सक्नेछन् । उक्त विवरण अपलोडपछि मोबाइलमा एउटा नम्बर उपलब्ध हुनेछ । उक्त नम्बरको आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।
वि.सं.२०७९ असार ११ शनिवार ०५:४४
413
shares