मेलुङ गाउँपालिकाद्वारा ५७ करोड ६६ लाखको बजेट प्रस्तुत, स्मार्ट मेलुङ अभियान संचालन गर्ने
वि.सं.२०७९ असार ११ शनिवार ०९:११
दोलखा । मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५७ करोड ६६ लाख २४ हजार रुपैँयाको बजेट प्रस्तुत गरेको छ । शुक्रबार आयोजित गाउँसभामा उपाध्यक्ष गायत्री आचार्यले बजेट प्रस्तुत गरेकि हुन् ।
बजेटमा आर्थिक विकासतर्फ ४ करोड १ लाख, सामाजिक विकास तर्फ २१ करोड ६८ लाख ६२ हजार, भौतिक पूर्वाधार विकासतर्फ २३ करोड ३३ लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहह तर्फ १ करोड ५९ लाख ५० हजार, प्रशासनिक तथा अन्य तर्फ ५ करोड ७९ लाख ६२ हजार रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
आयतर्फ भने संघीय सरकारबाट विभिन्न शिर्षकमा ४४ करोड ४३ लाख ६० हजार, प्रदेश सरकारबाट ९ करोड ७७ लाख ६० हजार र गाउँपालिकाको स्रोत तथा गत आर्थिक वर्षको वचतबाट ४ करोड १४ लाख ८८ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटमा उद्यम विकास कोष, जनप्रतिनिधि सुत्केरी भेटघाट कार्यक्रम, सुत्केरी पोषण भत्ता, साँस्कृतिक प्रदर्शनि मेला, संग्राहलय स्थापना, योजना बैंक, स्मार्ट मेलुङ अभियान लगायतका कार्यक्रम समावेश गरिएको छ ।
वि.सं.२०७९ असार ११ शनिवार ०९:११