कालिञ्चोक र विगु जोड्ने निर्माणाधिन पुल बाढीले बगायो

322 shares

दोलखा । गत राति आएको बाढीले झोरुङखोलामा ढलानको लागि तयार रहेको मोटरेवल पुलको संरचना भत्काएको छ । पुल ढलानको लागि रड लगायतका आवश्यक तयार संरचना बाढीले बगाएको हो ।

उक्त पुलले विगु र कालिञ्चोक गाउँपालिकाको सडक सम्बन्ध जोड्छ । गत रातिको बाढीले सिंगटी जाने बाटो अवरुद्ध भएको छ । सिंगटी उत्तरी भेगको व्यापारिक स्थल हो ।

बाढीले बगाएको पुलको निर्माण सम्झौता यही असार अन्तिममा सकिदैछ ।

322 shares