भारतीय गाडीले ठक्कर दिँदा दोलखामा दुई जना घाइते

413 shares

दोलखा । भारतीय गाडीले ठक्कर दिँदा दुई जना युवक घाइते भएका छन् । शनिबार दोलखा बजार नजिकै जीपले मोटरसाइकललाई ठक्कर दिँदा युवकहरु घाइते भएका हुन् ।

दोलखा प्रहरीका अनुसार घाइते युवकहरु भीमेश्वर नगरपालिका २ को शिसिर श्रेष्ठ र करण श्रेष्ठ रहेका छन् । उनिहरुलाई सामान्य चोटपटक लागेको भएपनि अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ ।

413 shares