एमाले र एकीकृत समाजवादीबिच गठबन्धन

301 shares

काठमाडौँ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबिच कानुन व्यवसायीको चुनाबमा गठबन्धन हुने भएको छ । पाटन उच्च अदालको बार एसोसियसनको चुनाबमा दुई पार्टी निकट कानुन व्यवसायीले गठबन्धन गर्ने भएका हुन् ।

एमालेको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) र समाजवादीको समाजवादी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (एसपीएलए) बिच गठबन्धनको सहमति भएको हो । सहमतिमा पीपीएलएका अध्यक्ष भोजराज आचार्य र एसपीएलएका अध्यक्ष डेकेन्द्र प्रसाद सुवेदीले चार बुँदे सम्झौता गरेका हुन् ।

असार २५ गते हुन लागेको बारको चुनाबमा पीपीएलएले अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित ११ सदस्यमा उम्मेदवारी दिने र एसपीएलएले उपाध्यक्ष, सहसचिवसहित ३ सदस्यमा उम्मेदवारी दिने समझदारी बनेको हो ।

301 shares